मितिः २०८१, ४ बैशाख मंगलवार

अन्तर्राष्ट्रिय समाचार

बुस्टर डोज का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज नेपाल आइपुग्यो

बुस्टर डोज का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज नेपाल आइपुग्यो

कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज सोमवार नेपाल आइपुगेको छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एअरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसअघि पनि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले खोप नेपाल आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ । आज खोप…
Read More
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग

प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । आज सोमबार सर्वोच्च अदालत बार एसोसिएसनको ४९औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताउनुभयो । प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरूको अकर्मण्यता भएको उहाँको भनाई छ । “न्यायपालिकाको प्रमुख लामो समयदेखि रिक्त रहनु पहिलो कुरा शोभनीय हुँदैन । दोस्रो कुरा, यसले न्याय सम्पादनमा गम्भीर असर परिरहेको छ । ढुक्कका साथ आफू प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न…
Read More
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, सयौं यात्रुको बिचल्ली

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, सयौं यात्रुको बिचल्ली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सयौं यात्रुलाई समस्या भएको छ । सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन् । अध्यागमनमा पटकपटक यस्तो समस्या हुँदा गृहमन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरेपनि समाधान नभएको कर्मचारीको गुनासो छ ।करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमनका एक अधिकारीको भनाई छ । अफलाइन सर्भर नहुनु र बारम्बार प्राविधिक समस्याबारे जानकारी गराउँदा पनि वास्ता नगरेपछि कर्मचारीले नै यात्रुको आक्रोश भोग्नुपरेको अधिकारीको गुनासो छ । सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका नौवटा जति…
Read More
पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन

पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन

पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहनुभएका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिनुभएको थियो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बन्नुभएको थियो । उहाँका छ छोरा र एक छोरी हुनुहुन्छ । उहाँको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।
Read More
बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन तीन दिने भ्रमणको लागि नेपाल आउँदै

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन तीन दिने भ्रमणको लागि नेपाल आउँदै

बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन यहि फागनु २४ गते नेपाल आउनु हुने भएको छ । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । उहाँको नेपाल भ्रमण यहि फागुन २४ देखि २६ सम्म हुनेछ । उहाँले भ्रमणका दौरानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उहाँले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्नुहुनेछ । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको…
Read More
आज ७३ औं प्रजातन्त्र दिवस ः काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि

आज ७३ औं प्रजातन्त्र दिवस ः काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि

आज ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्रको अवसरमा काठमाडौंको सैनिक मञ्ज टुँडिखेलमा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू लगायतको सहभागीता थियो । उक्त समारोहमा नेपाली सेनाको दुई वटा हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो । नेपाली…
Read More
खुला विश्वविद्यालयको तीनवटा डीन पदमा आवेदन खुल्यो

खुला विश्वविद्यालयको तीनवटा डीन पदमा आवेदन खुल्यो

नेपाल खुला विश्वविद्यालयको डिन सिफारिस गर्न गठित समितिले तीन वटा संकायको डिन पदमा आवेदन माग गरेको छ । डेढ वर्षदेखि रिक्त सामाजिक शास्त्र तथा शिक्षा संकाय, व्यवस्थापन तथा कानुन संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको डिन पदमा सिफारिस समितिले आवेदन माग गरेको हो । कार्यकारी परिषद्ले डिन नियुक्तिका लागि सिफारिस गर्न गत साता समिति गठन गरेको थियो । सिफारिस समितिले आवेदन दिन सम्बन्धित संकायसँग सम्बद्ध कुनै विषयमा विद्यावारिधि गरेको, विश्वविद्यालय तथा उच्च शिक्षाका क्षेत्रमा कम्तीमा १० वर्ष पूर्णकालीन प्रध्यापन गरेको, प्राध्यापक वा सह–प्राध्यापक पदमा बहाल रहेको हुनुपर्ने मुख्य मापदण्ड तोकेको छ । त्यसैगरी संकायलाई प्राज्ञिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व…
Read More
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज शुक्रवार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र पालिकालाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो । राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गत माघ २४ गते बसेको बैठकबाट पारित कार्यक्रम मुताबिक विभिन्न कार्यक्रम गरी मनाउन अनुरोध छ, सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ । प्रजातन्त्र दिवस मनाउन सबै…
Read More
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । बडालले नौ सय ६२ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी आरसी लामिछानेले तीनसय ५६ मत प्राप्त गर्नुभएको छ । अनेरास्ववियुको २३ औं महाधिवेशन अन्तर्गत हिजो बिहीबार राति भएको निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुनुभएको छ । सचिव पदमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचत हुनुभएको छ । विद्युतीय मेसिनबाट भएको उक्त निर्वाचनमा एकहजार पाँचसय १७…
Read More
म्याद नाघेका २७ सय कार्टुन बियर बरामद

म्याद नाघेका २७ सय कार्टुन बियर बरामद

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा म्याद नाघेका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत भएको छ । बजार अनुगमन टोलीले बजार निरिक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको हो । विभागका अनुसार निरीक्षण अधिकृत टोलीले हिजो बुधबार टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब तीन सय ५५ कार्टुन नियन्त्रणमा लिएको छ । उक्त ब्राण्डका करिब १३ लाख ९० हजार रुपैयाँको बियर सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँस्थित गोदाममा भण्डारण गरिएको अवस्थामा फेला परेको विभागले जनाएको छ । मिति गुज्रिएको बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको र गोदाम शिलबन्दी पनि गरिएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.