मितिः २०८१, ४ बैशाख मंगलवार

आर्थिक खबर

मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि भोलीदेखि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक एक÷एक महिनाको दरले दैनिक चार घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार यहि फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ । कालिखोला, चिसेन्जी र तुइन खोला लगायतका मुख्य…
Read More
चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवन जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो । जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा छ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लामा…
Read More
नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको जनाइएको छ । त्यस लगत्तै यहि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
Read More
म्याद थप्दा पनि काम नभएपछि तीन दर्जन ठेक्काको सम्झौता तोडियो

म्याद थप्दा पनि काम नभएपछि तीन दर्जन ठेक्काको सम्झौता तोडियो

पटक–पटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि गत र चालु आर्थिक वर्षमा गरी करिब तीन दर्जन ठेक्का सम्झौता तोडिएको छ । म्याद थप गरे पनि ठेकेदारले काम बेवारिस बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको छ । सबैभन्दा बढी ठेक्का सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले तोडेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षमा १० र गत वर्षको जेठमा तीनवटा ठेक्का तोडेको जनाएको छ । सबैभन्दा बढी तोडिएका ठेक्का पुलसँग सम्बन्धित छन् । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो । म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएकाले कारबाही स्वरुप ठेक्का तोडिएको…
Read More
कालोसूचीमा परेका व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने

कालोसूचीमा परेका व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने

बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेका व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न पनि नपाउने भएका छन् । हालै जारी एकीकृत निर्देशिका मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे–नपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्नेछ । सूचना केन्द्रबाट जानकारी लिँदा लागेको शुल्क ग्राहकबाट असुल्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । कर्जा सूचना केन्द्रको विवरण अनुसार इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व निक्षेपकर्ता कालोसूचीमा नरहेको एकीन गरेर मात्र खाता खोल्नु पर्नेछ । यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।…
Read More
‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ बन्यो चितवनको सौराहा

‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ बन्यो चितवनको सौराहा

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना हुने भएको छ । पर्यटकलाई आकर्षित गर्न रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ अर्थात् भोलीदेखि फागुन २ गतेसम्म खाना महोत्सव आयोजना गर्ने भएको हो । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई झकिझाउ पारेर सिँगारेका छन् । स्थानीय उत्पादनका सामग्रीले सौराहा सिँगारिएको छ । सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्म डाली र लाइट राखेर सौराहालाई झिलिमिली बनाइएको छ । चितवनमा घुम्ने, बस्ने र रमाउन सकिने ठाउँ र व्यवस्था छ भन्न कार्यक्रम आयोजना गरिएको बताइएको छ । भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी…
Read More
राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । काठमाडौंमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । जबरा नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुनुहुन्थ्यो । उहाँ हिमालयन बैंकका संस्थापकसमेत हुनुहुन्थ्यो । १४ वर्षमा मेट्रिक पास गर्नुभएका उहाँ नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नु भएको थियो । राजा महेन्द्र शाहले राष्ट्र बैंकको स्थापना गरेर मासिक आठ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उहाँ २९ वर्षको मात्रै हुनुहुन्थ्यो । प्रजातन्त्रको चेतका कारण राणा परिवारमा जन्मिए पनि उहाँ राणाविरोधी आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो । जबराको नेतृत्वमा…
Read More
नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाट काट्न सकिने

नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाट काट्न सकिने

नेपाल वायुसेवा निगमले अनलाइन टिकटको लागि प्रक्रिया सुरु गरेको छ । निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय टिकट इ–सेवाबाट काट्न सकिने निगमले जनाएको छ । आइएमई पे लगाएत अन्य वालेटहरुबाट पनि टिकट लिन सक्ने व्यवस्था गर्ने समेत जनाइएको छ । आन्तरिक क्षेत्रमा उडान हुने विमानको यात्रु बोक्ने सिट क्षमता १९ हो । १९ सिट क्षमता भएपनि उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक तथा विविध कारणले प्रभाव पार्ने हुँदा सिट संख्यामा स्वतः परिवर्तन हुने निगमले जनाएको छ ।
Read More
जनवरीमा मात्र भित्रिए ५५ हजार विदेशी पर्यटक

जनवरीमा मात्र भित्रिए ५५ हजार विदेशी पर्यटक

सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् भने अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बंगलादेशबाट दुई हजार चार सय ६८ पर्यटक नेपाल भित्रिएका छन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।अफ सिजनमा पनि उल्लेख्य संख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उहाँको भनाई छ…
Read More
भारतबाट बढेर आयो इन्धनको मूल्य, निगम फेरि घाटामा जाने स्रोतको दाबी

भारतबाट बढेर आयो इन्धनको मूल्य, निगम फेरि घाटामा जाने स्रोतको दाबी

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर पठाएको आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मुल्य बढेर आएको छ । हिजो मंगलबार निगमलाई आएको नयाँमुल्य सूची अनुसार पेट्रोल प्रतिलिटर आठ रुपैयाँ एक पैसा, डिजेल सात रुपैयाँ ९८ पैसा, मट्टितेल चार रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन सात रुपैयाँ ८० पैसा बढेर आएको हो । भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । विगत चार महिनासम्म नाफामा रहँदै आएको निगम भारतबाट इन्धनको मूल्य बढेर आएपछि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.