बुस्टर डोज का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज नेपाल आइपुग्यो
कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज सोमवार नेपाल आइपुगेको छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एअरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसअघि पनि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले खोप नेपाल आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ । आज खोप…