मितिः २०८१, ६ बैशाख बिहीबार

चितवन सेरोफेरो

चितवनका दूई सहित पाँच निर्माण कम्पनी कालोसूचीमा

चितवनका दूई सहित पाँच निर्माण कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने चितवनका दूई सहित पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।खरिद अनगमन कार्यालयको सूचनामा भनिएको छ–“विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छ्रैनन्’’ खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक…
Read More
चितवनमा ५३ किलो गाँजासहित दुई जना पक्राउ

चितवनमा ५३ किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले चितवनमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गएराती अस्थायी प्रहरीचौकी लोथर चितवनबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका– १ लोथरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथरतर्फ जादै गरेको बा ३ च २५०४ नं. को टाटा डिआई गाडीमा लुकाइछिपाई ल्याएको ५३ किलो लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गाडी चालक भरतपुर महानगरपालिका–१६ बस्ने बर्ष ३० को अर्जुन दर्जी र गाडीमा सवार एक जना (नाबालक) रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक विजयराज पण्डितले जानकारी दिनुभयो ।
Read More
भरतपुरमा १९ वर्षीय एक बालिकामाथि दुव्र्यवहार

भरतपुरमा १९ वर्षीय एक बालिकामाथि दुव्र्यवहार

भरतपुर महानगरको बाइस बिघामा पसलबाट सामान किनेर घर फर्किएकी १९ वर्षीय एक बालिकामाथि बोलेरोमा सवार केहि व्यक्तिले दुव्र्यवहार गरेका छन् । बालिकाको कपाल तानेर चुडाल्ने र अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका हुन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । घटना अस्ति शुक्रबार भएको र हिजो शनिबार प्रहरी कार्यालयमा उजुरी परेको थियो । सोही उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उक्त उजुरीमा कपाल तानेर झण्डै दुर्घटना गराएको र अपशब्द प्रयोग गरिएको कुरा उल्लेख गरिएको छ । घटना कुनै सिसि क्यामरामा कैद भएको छ कि भनेर खोज्दै गरेको र हालसम्म नभेटिएको प्रहरीले जनाएको…
Read More
चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै यहि फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि मिति तय गरेको हो । आयोगले सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।…
Read More
विजेता खेलाडीलाई गवै मावी द्वारा सम्मान

विजेता खेलाडीलाई गवै मावी द्वारा सम्मान

खैरहनी १३ गवैमा विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ। खैरहनी १३ गवैमा रहेको माध्यमिक विधालय गवैले रास्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका विजेता र सहभागी खेलाडीहरुलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको हो। केही समय अगाडि सम्पन्न भएको उक्त प्रतियोगितामा सहभागी २५ जना खेलाडी र २ जना प्रशिक्षक लाई सम्मान गरिएको विधालयका प्राचार्य ऋषि प्रसाद खनालले जानकारी दिनु भएको छ। उक्त प्रतियोगितामा माध्यमिक विधालय गवै १५ स्वर्ण पदक सहित खैरहनी नगर भरिमा प्रथम हुन सफल भएको थियो। विधालय ब्यवस्थापन समितिका अध्यक्ष सुधिर कुमार ढकालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा खैरहनी १३ का वडा अध्यक्ष कुल प्रसाद भुसाल प्रमुख अतिथी रहनु भएको थियो। कार्यक्रममा…
Read More
चितवनको सामुदायिक वनमा मृत गैंडाको अवषेश भेटियो, चालु आर्थीक वर्षमा मरे ११ गैंडा

चितवनको सामुदायिक वनमा मृत गैंडाको अवषेश भेटियो, चालु आर्थीक वर्षमा मरे ११ गैंडा

चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा मृत गैंडाको अवषेश भेटिएको छ । चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै अन्दाजी ८ देखि १० वर्षको मृत गैंडाको अवषेश भेटिएको डिजिजन बन कार्यालय चितवनले जनाएको छ गैंडा अन्दाजी तीन महिना अगाडि मरेको हुनसक्ने पशु चिकित्सकको टोलीले जनाएको छ । चालु आर्थीक बर्षमा निकुञ्ज क्षेत्रमा ११ बटा गैंडा मरिसकेका छन् ।
Read More
मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि भोलीदेखि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक एक÷एक महिनाको दरले दैनिक चार घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार यहि फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ । कालिखोला, चिसेन्जी र तुइन खोला लगायतका मुख्य…
Read More
आगामी वैशाखमा हुने चितवन क्षेत्र नम्बर २को उपनिर्वाचनका लागि तयारी बढाइयो

आगामी वैशाखमा हुने चितवन क्षेत्र नम्बर २को उपनिर्वाचनका लागि तयारी बढाइयो

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो । आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित निर्वाचन कार्यालयलाई परिपत्र पठाएको थियो । आयोगका अनुसार अहिले जिल्लाको निर्वाचन कार्यालयले मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य गरिरहेको छ । कार्यालयले यहि फागुन १गतेदेखि मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । यो कार्य यही चैत्र १६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । यस अवधिमा मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरणलाई सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने…
Read More
नारायणगढको एमथ्री मोबाइल हाउसमा प्रहरीको छापा, अवैध मोबाइलसहित पसल सञ्चालक पक्राउ

नारायणगढको एमथ्री मोबाइल हाउसमा प्रहरीको छापा, अवैध मोबाइलसहित पसल सञ्चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढको इन्द्रदेव मार्गस्थित एमथ्री मोबाइल हाउसमा छापा हानि अवैध मोबाइलसहित सञ्चालकलाई पक्राउ गरेको छ । अवैध मोबाइल सेटहरु बिक्रि वितरण तथा भण्डारण भइरहेको भन्ने सूचनाको आधारमा बुधबार साँझ ७ बजे पसलको खानतलासी गर्न गएको प्रहरी टोलिले अवैध ४० थान मोबाइलसहित पसल सञ्चालक भरतपुर महानगरपालिका–६ बस्ने ३५ वर्षीय दिपेन्द्र खड्कालाई पक्राउ गरेको हो । उक्त पसलमा आइफोन, सामसुङ र रियलमी लगायत विभिन्न ब्राण्डका अवैध मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीका लागि हिजो बिहीवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बताइएको छ ।
Read More
चितवनमा लागुऔषधसहित एक जना पक्राउ

चितवनमा लागुऔषधसहित एक जना पक्राउ

चितवनको कालिका नगरपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१५ बस्ने ३२ वर्षीय इन्द्र बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । थिङलाई कालिका–६ बाट पक्राउ गरिएको हो । ना ३१ प ९९३८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो । लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनार्गन १८ एम्पुल, ब्युप्रिनोर्फिन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल, नगद २१ हजार तीनसय ४० रुपैयाँ र मोटरसाइकलसहित थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने काम भइरहेको बताइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.