चितवन, पुस २८-

चितवनमा चलचित्र उद्योगको प्रवद्र्धनको लागि पुस २७ गते ‘अटो यात्रा’ हुने भएको छ ।

भरतपुरको लक्की मिडिया हाउसले नयाँ नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शोको अवसर पारेर कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको हो ।

नेपाली चलचित्र उद्योगको प्रवद्र्धन र प्रचार प्रसारको लागि चर्चित कलाकारहरुको सहभागितामा ’अटो यात्रा’ गर्न लागेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले नारायणी अनलाइनलाई बताए । अटो यात्राले चलचित्र क्षेत्रको व्यवसायलाई थप टेवा पु¥याउने उनले बताए ।

साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’ को पुस २७ गते साँझ ६ बजे चितवनमा चर्चित कलाकारहरुको साथमा प्रिमियर शो गर्न लागिएको छ । चलचित्रको प्रिमियर शोको दिनमा कलाकारहरुबाट भरतपुर नगरभित्र अटो यात्रा गर्न लागेको कार्कीले बताए । प्रिमियर शोका लागि सहभागी भएका कलाकारहरुलाई चितवनको प्रेडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसबाट स्वागत तथा सम्मान कार्यक्रम समेत राखिएको छ ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको चलचित्रमा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्कबहादुर पुन ‘खबपु’ को अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर