पुस १४ , चितवन । पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन रोटरी क्लव अफ नारायणी मिड टाउनले पाठेघरको मुखको क्यान्सर भीआईए अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
भरतपुर महानगरपालिका वार्ड नम्बर २८ जितपुरमा मौलाकालिका अस्पताल भरतपुरको प्राबिधिक सहयोगमा  रोटरीले कार्यक्रम गरेको हो।
भरतपुर २८ का वार्ड अध्यक्ष दन्डपाणी रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मौलाकालिका अस्पतालका निर्देशक केशव राज भुर्तेल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो।

केशव राज भुर्तेलले कार्यक्रम असाध्यै फलदायी भएको बताउदै जाँच गराउन आउने महिलाहरुमा खुसी देख्दा आफुलाई गर्व महसुस भएको बताउनुभयो।
भुर्तेलले यसको बारेमा जनचेतना जगाउन अझै व्यापक रुपले लाग्नुपर्ने जनकारी दिदै महिला हरुलाइ प्रत्येक २- २ बर्षमा पाठेघरको मुखको जाँच गराउन आग्रह समेत गर्नुभयो।

वार्ड अध्यक्ष दन्डपाणी रिजालले आफ्नो वार्डमा यस्तो कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउदै रोटरी लाई धन्यवाद समेत ब्यक्त गर्नुभयो।
रिजालले निस्शुल्क रुपमा आफ्नो स्वास्थ्य जाँच गर्न पाउँदा  वडाका महिलाहरु खुसी भएको बताउभयो।
रोटरी क्लब अफ नारायणी मिड टाउनकी अध्यक्ष स्वेता उपाध्यायले रोटरीले विभिन्न क्षेत्रमा काम गरिरहेको भएतापनि आफू महिला भएकाले धेरै कार्यक्रम महिला लक्षित भएर गर्न पाउँदा आफुलाइ सन्तुष्टि मिल्ने बताउनुभयो।

जिल्लामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि शिविर भईरहेको तर भरतपुर २८ मा खासै नभएकाले आफुहरुले यो क्षेत्र रोजेको उहाले बताउनुभयो।
उपाध्यायले परिक्षण आवस्यक भएको ठाउमा विभिन्न  शिविर सन्चालन गर्ने रोटरीको योजना रहेको समेत सुनाउनुभयो।

क्यान्सर अस्पताल भरतपुरका पुर्व निर्देशक डाक्टर बिजयराज न्यौपानेले दुर्गम ठाउमा गरिने कार्यक्रमले समाजमा चेतना अभिबृद्धी गर्न सघाउ पुर्याउने बताउनुभयो।
न्यौपानेले ३० देखि ६० वर्ष उमेरका महिला पाठेघरको मुखको क्यान्सरको जोखिममा हुने भएकोले प्रत्येक २ बर्षमा जाँच गराउन   महिलाहरुलाइ आग्रह गर्नुभयो।
नियमित जाँच गराउदा पाठेघरको मुखमा क्यान्सर नहुदै रोक्न सकिने डाक्टर न्यौपानेले बताउनुभयो।

 

१०० जना महिला हरुले पठेघरको परिक्षण गराएको कार्यक्रममा भरतपुर २८ का वार्ड सदस्यहरु, नर्सिङ अधिकृत मीरा धिताल, पिंकि फार्मेसीका सन्चालक दिपेन्द्र चौधरी, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका हकहित मन्चकी अध्यक्ष कल्पना थापा, भरतपुर स्वास्थ्य चौकी प्रमुख इश्वरा तिवारी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर