बुधवार ,सननेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले आफ्नो पाँचौं वार्षिक उत्सवका अवसरमा बीमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको नारायणगढ शाखा को आयोजनामा पञ्चकन्या माध्यमिक विद्यालय, रत्ननगर १३ का कक्षा १२ मा अध्यायनरत विद्यार्थीहरु सँग बीमा सँग सम्बन्धित सचेतनामूलक जानकारी, मानव जीवनमा बीमाको महत्व, बीमाको इतिहास , संरचनागत अवस्था र नियमन निकायका बारेमा जानकारी दिइएको थियो । विद्यालयकी प्रधानाध्यपक अनिता पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुर्गा पाठक, संझना भट्ट लगायत शिक्षकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर