प्रकाशवावु खनाल , चितवन
पिठुवा नमूना कृषक समूह रत्ननगर १४ को आयोजनामा मौरी पालक किसानहरुलाई मौरी पालन सामाग्रीहरु वितरण गरिएको छ ।

कृषि ज्ञानकेन्द्र चितवनको आर्थिक तथा प्रविधिक सहयोगमा सामाग्रीहरु मंगलवार वितरण गरिएको हो । पचास प्रतिशत अनुदान सहयोगमा रु. पचास लाख बराबरका सामाग्रीहरु रत्ननगर १४, रत्ननगर १५ र रत्ननगर १६ का ४० जना किसानहरुलाई सामाग्रीहरु वितरण गरिएको हो । मौरीको घार, मौरीको डिप सुपर, मौरीको स्यालो सुपर, मह मदानी, पोलेन ड्रयाग, मैन बकस, चिनी पिन्ने मेसिन, मह राख्ने बाल्टी, टोपी लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

पिठुवा नमूना कृषक समूह पिठुवाका अध्यक्ष रोसन पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, नेपाल मौरी पालक महासंघका केन्द्रीय अध्यक्ष शिव पौडेल,मौरी विकाश कार्यक्रम भण्डराका कृषि अधिकृत बाबुराम पन्त, रत्ननगर कृषि शाखा प्रमुख प्रविण लामा, कृषिज्ञान केन्द्रका लेखा अधिकृत हेमराज ढुङ्गना, कृषि अधिकृत उमाराज अर्याल लगायतले मन्तव्य राखेका थिए । रत्ननगर १४ का वडाध्यक्ष होमनाथ रानाभाट, सदस्यहरु धिरेन्द्र घिमिरे, रमेश थापा, चमेली दमै, सानु भण्डारी, आयोजक संस्थाका सचिव पूष्प घिमिरे , शिक्षा सेवी रामहरी भण्डारी लगाएतको उपस्थिति रहेको कार्यक्रमा हातेमालो सहकारीका अध्यक्ष प्रह्लाद अर्याले स्वगत मन्तव्य राखेको कार्यक्रम मुकुन्द अधिकारीले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर