प्रकशवावु खनाल, चितवन
विगत ४२ वर्ष देखि टाँडी क्याम्पसले भोगचलन गर्दै आएको जग्गा हाल आएर विवादित बनेको छ । क्याम्पसको हाता भित्र रहेको जग्गा मध्ये ३ कठ्ठा १५ धुर जग्गा भोलानाथ नेपालकी श्रीमती अर्पना नेपाल र कमलचन्द्र खनालको श्रीमती सुमित्रा खनालको नामामा भएपछि विवादले उग्ररुप लिएको हो ।टाँडी क्याम्पस अवस्थित रहेको ४ विगाहा जग्गा २०३७ सालमा दुर्गा देवी श्रेष्ठ सँग खरिद गरेको थियो । उक्त जग्गाको पश्चिम तिरको साँध नै पश्चिम तिरको बाटो उल्लेख क्याम्पसको माइनुटमा छ । ३ कठ्ठा १५ धुर क्षेत्रफल रहेको कित्ता नं. ३६९ मा मोही भएकाले मोही छुटाए पछि जग्गा धनी दुर्गा देवीले दान स्वरुप क्याम्पसलाई प्रदान गर्ने सहमति भएको संस्थापक सदस्य शेषनाथ अधिकारीले बताए । सोही सहमति अनुसार नै जग्गा क्याम्पसले भोग चलन गर्दै आएको , संरचना निर्माण गरेको , पश्चिम तिरको बाटो पिच गर्दा उपभोक्ताको रुपमा क्याम्पसले नै ६०,००० रकम व्यहोरेको प्रमाण क्याम्पस सँग रहेको छ । क्याम्पस अवस्थित वडा नं ३ ले पनि उक्त जग्गा क्याम्पसको भोगचलनमा रहेको प्रमाणित गरिसके पछि चिरभोगको आधारमा पनि स्वतः कानुनी रुपमा क्याम्पसको ठहरिने क्याम्पसको दावी छ ।

 

संधियार रहेको क्याम्पसले हक लाग्ने कानुनी आधार बुझेर नै खरिद गरेको पाँच वर्ष सम्म जग्गा कारोवार गर्ने विपक्षीहरुले गुपचुप राखेको क्याम्पसको आरोप छ । निषेधाज्ञालाई जारी राख्दै जिल्ला अदालत चितवनले जग्गा खरिद कर्ताको पक्षमा फैसला गरिदिए पछि हाल सो मुद्दा पुनारावेदनमा विचाराधिन छ । अदालतले फैसला गरेको ४,५ दिन पनि नवित्दै भोलानाथ नेपालले हुलहुज्जत गरी दलबल सहित आई क्याम्पसको भौतिक संरचनामा क्षति पुर्याई तारवार फालेको पत्रकार संमेलनमा जानकारी दिइयो ।

२०७९ सात जेष्ठ १६ गते बसेको क्याम्पस सभाले विपक्षीले क्याम्पसको जग्गा कक्जा गर्न लागेकोमा कडा आप्पति व्यक्त गर्दै जग्गा संरक्षण र विवाद सामाधानका लागि शेषनाथ अधिकारीको संयोजकत्वमा समिति पनि गठन गरेको छ । क्याम्पसको चिरभोगमा रहेको जग्गा जग्गा कब्जा गर्न खोज्नु निन्दनीय भएको व्यवस्थापन समितिका उपाध्यक्ष ईश्वरी प्रसाद अर्याले बताए । सामाजिक न्यायको आधारमा विवादित जग्गा क्याक्पसको रहेको प्रशस्तै प्रमाण रहेको क्याम्पस प्रमुख धर्मदत्त तिवारीको भनाई छ । क्याम्पस सार्वजनिक भएकाले सार्वजनिक सम्पतिको संरक्षण गर्न सबै लाग्नु पर्ने व्यवस्थापन समितिका अध्यक्ष रामवावु घिमिरे बताउँछन् ।

 

यस विषयमा बुझ्न खोज्दा जग्गा धनी सुमित्रा खनालका श्रीमान कमलचन्द्र खनाल आपसिक छलफलबाट सामधान हुने विषयमा उल्टै क्याम्पसले किचलो गरेको बताउँछन् भने अर्पना नेपालका श्रीमान भोलानाथ नेपाल विवाद अदालती प्रकृयामा गैसकेकाले अब अदालतले नै किनारा लाउने बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर