चितवन , रत्ननगर
प्रकाशवावु खनाल

रत्ननगर १४ ले वार्षिक नीति तथा योजना शुक्रवार सार्वजनिक गरेको छ । वडा कै सभा हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष होमनाथ रानाभाटले नीति तथा कार्यक्रम पढेर सुनाउनु भएको हो । आर्थिक वर्ष ०७९।०८० को नीति तथा कार्यक्रममा गरिव विपन्न परिवारलाई निशुल्क खानेपानीको धारा जडान गरिने, सुकुम्वासी वस्ती रहेको गैरी गाउँमा पूर्व प्राथमिक कक्षा वाल विकाश केन्द्र स्थापना तथा संञ्चालन गर्ने, विपत जोखिम न्युनीकरणको लागि आर्थिक सहायता कोष व्यवस्थापन गर्ने,सुत्केरी आमा तथा नवजात शिशु संरक्षण कार्यक्रम संञ्चालन गर्ने, नगर स्वस्थ्य केन्द्रले प्रदान गर्ने सेवा सबै गाउँ टोल सम्म पुर्याउन वडा प्रमुख कार्यक्रम वाट व्यवस्थापन गर्ने ,गरिव विपन्न वालवालिका संरक्षण गर्न शिक्षा, स्वस्थ्य तथा अन्य कार्यक्रममा आवश्यक सहजीकरण गर्ने, वडा प्रमुख उद्यमशील कार्यक्रम मार्फत वडा भित्रका नागरिकलाई उद्ययशील आत्म निर्भर बनाउन क्रियाशील हुने शीप सिकाउने , संघ संस्थाका प्रमुख तथा व्यवस्थापकलाई व्यवस्थपन तालिमको व्यवस्था गर्ने , खेलकुदमा ध्यान दिइने ,कृषि पशुपालन , व्यवसायलाई साझेदारी कार्यक्रमको माध्यमबाट कार्यक्रम संञ्चालन गरिने , गरिव विपन्नलाई आवाश तथा शैचालय निर्माणको लागि अनुदानको व्यवस्था मिलाइने, विभिन्न जात जातिको कला संस्कृति भेष भूषाको संरक्षणमा प्राथमिकता दिइने , पिठुवा सिँचाईलाई समय सापेक्ष बनाउन नगर, प्रदेश तथा केन्द्र सँग सहकार्य गरी आवश्यक बजेट व्यवस्थापन गरिने , जन जागृति मा.वी. ले संञ्चालन गर्दै आएको इन्जिनियरिङ कक्षमा गरिव विपन्नका छोरा छोरीलाई छात्रवृत्ती दिई पठन पाठनमा सहज गरिने, मापदण्ड नपुगेका सडकहरुमा मोज्याक टायलको व्यवस्था गरिने , सम्बन्धित वडाहरु सँग छलफल गरी लौरी घोल संरक्षण गरिने, युवा स्वरोजगार तालिमको लागि बजेटको व्यवस्था गरिने, जेष्ठ नगरिकका लागि अवलोकन भ्रमणको व्यवस्था गर्ने ,हिउँदे सिचाईका लागि डिप बोरिङको व्यवस्था गर्ने , गरिव विपन्न वालवालिकाको शिक्षाको लागि वडा स्तरीय छात्रवृत्ती कोष स्थापना गर्ने , दलीत विपन्न अल्पसंख्यकलाई संरक्षण कार्यक्रम गरिने , प्रत्येक टोल विकाशमा वडा कार्यलयको सूचना बोर्ड व्यवस्थापन गरिने लगायतका महत्त्वपूर्ण कार्यक्रमहरु समावेश गरिएका छन् ।

कार्यक्रममा साविक पिठुवाका अध्यक्ष चन्द्रकान्ता न्यौपाने, निवर्तमान अध्यक्ष हरिकुमार श्रेष्ठ , विद्यालयका प्रचार्यहरु , दलका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न संघसंस्थाका तथा सहकारीका प्रमुखहरु , विज्ञहरु , समाजसेवीहरु वडाका नवनिर्वाचित जनप्रतिनिधि धिरेन्द्र घिमिरे, रमेश थापा, चमेली दमै, सानु भण्डारीको उपस्थिति रहेको थियो । वडा सचिव वासुदेव रिजालले सञ्चालन गर्नु भएको कार्यक्रममा जननिर्वाचित प्रतिनिधि धिरेन्द्र घिमिरेले स्वगत मन्तव्य राख्नु भएको कार्यक्रममा वडाध्यक्ष रानाभाटले हलबाट प्राप्त रचनात्मक सुझाव अनुसार नै सुधार गरी नीति तथा कार्यक्रम पारित गरिने बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर