रत्ननगर, चितवन
नेको ईन्सुरेन्स लि.टाँडी शाखाले विमितको परिपारलाई दाबी भुक्तानी गरेको छ । मंगलबर कम्पनीका शाखा प्रमुख सुजन कट्टेलले तेस्रो पक्षका प्रतिनिधि जेके निर्माण सेवाका प्रोपाइटर जेनिस अधिकारीलाई रु. १५,००,००० रु. पन्ध्र लाखको चेक एक कार्यक्रमका विच हस्तान्तरण गर्नु भएको हो । कम्पनीले २०७८ भाद्र ९ गते ना. १ क. ८१०८ नम्बरको ट्रकको सुरक्षा वहन गरेको थियो । उक्त ट्रक, मिति २०७८ फागुण २७ गते इच्छाकामना गाउँ पालिकाको वाड नं. २ रमाइलो डाँडा भन्ने स्थानमा दुर्घटना भएको थियो । कार्यक्रममा शाखा प्रमुख कट्टेलले छिटो छरितो रुपमा सेवा दिन कम्पनी सेवाग्रहीको सधौँ साथमा रहेको बताउनु भयो । उक्त घटनामा इच्छा कामना गाउँ पालिकाका तृप्ति गुरुङ, उनका पाँच वर्षीय छोरा आरोन गुरुङ र चौतीस वर्षीया नवीन गुरुङको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर