वि.सं. २०६८ साल बैशाख ९ गतेका दिन बनेको पशु सेवा उपभोक्ता समितिको कार्यसमितिले ११ वर्षसम्म एउटै पदमा रहेर पनि संस्थाको कुनै वार्षिक आय–व्यय, साधारणसभा, अधिवेशन, संस्थाको विधान अनुसार प्रत्येक २ वर्षमा गर्नु भनेतापनि संस्थाको विधानलाई नमानी मनोमानी ढंगले विगत ११ वर्षदेखि चलाईरहेको र न त कुनै जनता उपभोक्ताहरुलाई कुनै सेवा सुविधा छ, न त ९ वर्षदेखि हालसम्मको लेखापरीक्षण प्रतिवेदन नै छ । पटक पटक यस विषयमा कुरा उठाउँदा पनि सो पदमपुर पशु सेवा उपभोक्ता समितिको सञ्चालक समितिले कुरा नसुन्ने गरेको आम उपभोक्ताहरुको गुनासो छ ।

साविक पदमपुरका ९ वटा वडाहरुको सामाजिक सम्पत्तिको रुपमा रहेको यस सामाजिक संस्थालाई सुधार गरौं भनेर पटक पटक भनिएतापनि सो सामाजिक संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष लगाएत कार्यसमितिलाई समेत खबर गर्दा सुनुवाई नभएको कालिका–५ निवासी आशिष भट्टराईले बताए । उपभोक्ता समितिका कार्यसमिति सदस्यहरु सबै पदमपुर क्षेत्रका चर्चित व्यक्तिहरु, त्यसमध्ये पनि संस्थाका अध्यक्ष काशिराम गिरी, संस्थाका सचिव लक्ष्मण पौडेल, हाल कालिका–२ का नवनिर्वाचित अध्यक्ष पनि हुन् र कोषाध्यक्ष कमला भट्टराई कालिका नगरपालिकाको उपप्रमुख समेत रहनुभएको थियो । संस्थाको कोषाध्यक्ष समेत रहेकी भट्टराइले पाँच वर्षसम्म नगर उपप्रमुख पदमा रहँदा पनि संस्थाको उत्थानका लागि कुनै पहल समेत गर्न सक्नुभएन । संस्थाका अध्यक्ष गिरीले सामाजिक संस्थालाई कार्यसमितिलाई अनिर्णयको बन्दी बनाएर संस्थालाई भग्नावशेष अवस्थामा सँधैको लागि अस्तिवविहीन बनाएर रद्दीको टोकरीमा फाल्ने काम गरे । कार्यसमितिले काम गर्न दिएका थिएनन भने संस्थाको विधान अनुसार २ वर्षमा अधिवेशन गरेर नयाँ कार्यसमितिलाई जिम्मा नलगाएको उपभोक्ताको गुनासो रहेको छ ।

अध्यक्षले वर्षौदेखि कार्यसमितिको कुनै पनि बैठक नबोलाएको र अध्यक्षको कार्यकक्ष कहिल्यै नखुल्ने भएको कारणले गर्दा कार्यसमितिका सदस्यहरु समेतले रुष्ट भएर राजिनामा समेत दिन तयार भए पनि अध्यक्षको अनुपस्थितिमा राजीनामा समेत दिन नपाएको कार्यसमिति सदस्यहरुले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर