प्रकाशवावु खनाल
रत्ननगर, चितवन

रत्ननगर १४ का नवनियुक्त अध्यक्ष होमनाथ रानाभाटले पदभार ग्रहण गर्दै ३ महोत्वपूर्ण निर्णय गरेका छन् । नवनिर्वाचित समितिको तर्फवाट विकाशका दृष्टिले वडामा पछाडि परेको गैरी गाउँमा यसै शैक्षिक सत्र देखि नै दिवा खाजा सहितको वाल विकाश केन्द्र खोल्ने निर्यण गरेका छन् । साथै यस वडामा स्थाई रुपमा वसोवास गर्ने सुत्केरी महिला र नवजात शिशुको लागि रु.पाँच हजार पोषण भत्ता प्रदान गर्ने निर्णय गरेका छन् । त्यस्तै शुद्ध पिउने पानीको सुविधा नभएका विपन्न परिवारका लागि निशुल्क धारा जडान गरिदिने निर्णय गरेका छन् । साथै रानाभाटले सवै सेवाग्रहीलाई छिटो, छरितो, सर्वसुलभ र समान रुपमा सेवा प्रदान गर्ने बताएका छन् ।

यस वडामा नेपाली कांग्रेसको तर्फवाट धिरेन्द्र घिमिरे, रमेश थापा र नेकपा माओवादी केन्द्रवाट सानु भण्डारी र चमेली दमै निर्वाचित भएका छन् । सोमवार भएको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वगत तथा निवर्तमान समितिलाई गरिएको विदाई कार्यक्रममा निवर्तमान अध्यक्ष हरिकुमार श्रेष्ठले हालेमालो गर्दै वडाको विकाशमा सहकार्य गर्ने बताउनु भयो । कार्यक्रम वडा सचिव बासु रिजालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर