प्रकाशवावु खनाल, चितवन
यस स्थानीय निर्वाचनमा रत्ननगर नगरपलिकाको उपमेयर पदमा स्वतन्त्रबाट बिरञ्जनाले उमेद्वारी दिएकी छिन् ।आइतवार रत्ननगर १४ को घरदैलो कार्यक्रम अन्तरगत पारिजात चोकमा भएको कोण सभामा उनले आफूलाई विशुद्ध जनताको मान्छे भएको बताइन् । दलीय निर्वाचनमा जनप्रतिनिधि हुन पनि नेताको आसे पासे र दाश हुनु पर्ने , टिकट किन्नु पर्ने जस्ता समाजलाई भ्रष्टीकरणको दिशामा लाने विकृति विरुद्ध आफ्नो उपमेयरमा स्व्तन्त्र उमेद्वारी भएको बताइन् । “ म नेताको मान्छे होइन जनताको मान्छे हो जनताहरु मेरो पक्षमा हुनुहुन्छ ।” बिरञ्जनाले अझ थपिन् ,जनताहरु कसैको दाश होइन् , दलीय अनुशाशनको नाममा व्यक्तिको सार्वभौम अधिकारलाई दलहरुले कुण्ठित गरेको छ । दलहरुले महिलालाई संबिधानले दिएको अधिकार पनि दिएनन् । त्यसैले समग्र महिलाहरुको आत्मसंमानको लागि मेरो उमेद्वारी हो उनले भनिन् । दलीय भागबण्डामा हुने बाँडीचुडी खाने कुसंस्कारको अन्त्य गर्न आफ्ने उमेद्वारी भएको भन्दै मतदाताहरुलाई पुतली चिन्हमा मतदान गर्न उनले अनुरोध गरिन् । जनप्रतिनिधि नेताले चाहेको मान्छे हुनु पर्ने हो कि जनताले ? उनको प्रश्न थियो ।

जनभावना को वेवास्ता गरी नेतामुखी मान्छेले मात्र टिकट पाउने गलत प्रवृत्ति हो । कसलाई भोट हाल्ने जनताले चुन्न पाउनु पर्छ, म कुनै दलको होइन म नेपाली जनताको हो रत्ननगरका जनताको हो त्यसैले मेरो हातमा नेपालको झण्डा छ , चुनाव चिन्ह पुतली छ , उनको भनाई थियो । बिरञ्जना व्यवसायी तथा सामाजिक अभियान्ताको रुपमा रत्ननगरमा स्थापित छिन् । यस अघि उनी चितवनको स्थापित पत्रकार पनि थिइन् । महिला प्रखर वक्ताको रुपमा परिचय बनाएकी बिरञ्जता वैद्धिक तथा शिक्षित पनि छिन् । पछिल्लो समय रत्ननगरको उपमेयर पदमा स्वतन्त्रबाट उमेद्वरी दिएकी बिरञ्जनाको पक्षमा जनलहर ह्वात्तै बढेको छ, अझै बढ्दै गएको छ ।बिरञ्जना घर दैैलोमा जाँदा आशीर्वाद दिन मतदाताहरुको भिड नै लाग्ने गरेको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर