मुम्बई, पुस १२ । गत महिना ताञ्जानियाका किली पल चर्चामा आए । बलिउड गीतमा कहिले लिपसिंक त कहिले धमाकेदार नृत्य गरेको भिडियो सार्वजनिक भएपछि उनको चर्चा चुलियो । उनी भिडियो बनाउछन् र सामाजिक सञ्जालमा राख्छन् । जुन भिडियो तुरुन्तै भाइरल बन्छन् ।

भारतमा उनको फलोअर्सको संख्या उल्लेख्य छ । उनको भिडियो हेर्ने अधिकांश फ्यानले किलीले हिन्दी गीतको शब्दलाई कसरी सम्झिन्छन् भन्ने चासो राख्छन् ।

किली बाल्यकालदेखि नै बलिउड फिल्म र गीत मनपराउथे । शुरुवाती समयमा उनी एक्लै भिडियो बनाउथे, तर विस्तारै उनको यो काममा बहिनी नीमाले सहयोग गरिन् । ‘मलाई बलिउडको फिल्मको निकै मनपर्छ किनकी म भारतीय फिल्म हेरेरै हुर्किएको हुँ । म लामो समयदेखि बलिउडका गीत सुनिरहेको छु । त्यहीकारण हिन्दी गीतमा मेरो रुची बढेको छ’, उनी भन्छन् ।

किली ताञ्जानियामा गाईहरुसँग बस्ने गर्दछन् । किनकी उनी किसान हुन् । उनीसँग धेरै संख्यामा गाई छैनन् । उनीसँग भएको मोबाइलमार्फत इन्स्टाग्राममा ट्रेन्डिङ रिल्स हेर्छन् । उनी युट्युबमार्फत नै भारतमा के ट्रेन्ड छ भनेर नियाल्छन् ।

किली र नीमाको गाउँमा बिजुली छैन । उनीहरु मोबाइल चार्ज गर्न अर्को गाउँ पुग्छन् । उनीहरुको गाउँ र अर्को गाउँको दुरी १० किलोमिटरको छ । उनीहरु आफ्नो मोटरसाइकलमार्फत मोबाइल चार्ज गर्न अर्को गाउँ पुग्छन् । (जीन्यूज)

प्रतिक्रिया

सम्बन्धित खवर