काठमाडौं, पुस ११ । विभागीय टिम एपीएफ क्लबले पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

धनगढीमा आइतबार भएको फाइनलमा प्रदेश नम्बर १ लाई ७ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । फाप्ला क्रिकेट मैदानमा प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाएको थियो । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन । अप्सरी बेगमले ११ रन जोड्दा कंजल श्रेष्ठ ४ रनमा आउट भईन ।

सबनम राई ३, निशा शाह २ र संगीता राई १ रनमा आउट भईन । स्मृति कटवाल ६ रनमा अविजित रहिन । एपीएफका सिता राना मगरले ३ विकेट लिए । यस्तै रेखा रावलले २ तथा करुणा भण्डारीले १ विकेट लिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर