पुस ११ । एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले सारजाह क्रिकेट मैदानमा टेस्ट राष्ट्र श्रीलंकासँग खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल ११:५५ बजे सुरु हुनेछ। नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो ।

नेपाल अंक विहीन रहदै समूह बी को पुछारमा रहेको छ । श्रीलंका भने २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेपाललाई हराएर श्रीलंका दोस्रो जित निकाल्न चाहन्छ ।

पछिल्लो पाँच भेटमा नेपालविरुद्ध श्रीलंका हाबी हुँदै आएको छ । पाँचै खेलमा श्रीलंकाले जित निकालेको छ । प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।

दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ ।  फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर