पुस १० । २०२१ को तेस्रो त्रैमासमा एप्पलले सर्वाधिक बढी फाइभ–जी स्मार्टफोन बिक्री गरेको छ । स्ट्राटेजिक एनालाइटिक्सको रिपोर्ट अनुसार एप्पल नम्बर वान भएको हो । यो अवधिमा एप्पलले आइफोन–१३ सिरिजका अलावा आइफोन–१२ को राम्रो बिक्री गरेको छ ।

दोस्रो स्थानमा शाओमी र तेस्रो स्थानमा सामसङ परेका छन् । सर्वाधिक बढी फाइभ–जी बिक्री गर्नेमा ओपो चौथो स्थानमा परेको छ । रिपोर्टकाअनुसार शाओमीको भूमिका सबैभन्दा बढी छ ।

युरोपेली बजारमा भने सामसङ नै पहिलो नम्बरमा आएको छ । ओपोले चिनियाँ बजारमा शानदार प्रदर्शन गरेको छ । तेस्रो त्रैमासमा सामसङ ग्यालेक्सी जेट फ्लिप–३, ग्यालेक्सी एस २१ अल्ट्रा र ग्यालेक्सी ए सिरिज फोन सामसङले बिक्री गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर