पर्सा, पुस ८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धन सरकारमाथि खनिएका छन् । उनले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गरिरहेको आफ्नो सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको आरोप समेत लगाएका छन् ।

बिहीबार पर्सा पुगेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीको सरकार बनाइएको बताएका हुन् ।

उनले जनताले नभएर देशी विदेशी प्रतिक्रियावादीहरुले यो सरकार बनाएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यो सरकार देशी विदेशी प्रतिक्रियावादीहरुले बनाएको हो ।’

यतिमात्र होइन, ओलीले यो सरकारलाई निकम्माको संज्ञा दिएका छन् ।

‘यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन,’ उनले भनेका छन्, ‘आयात बढेको बढ्यै छ, भ्रष्टाचार बढेको छ । यो सरकारले नेपाललाई गरिबीतिर लगेको छ ।’ उनी पर्सामा राखिएको पार्टी प्रवेश कार्यक्रममा पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर